दुर्गम क्षेत्रमा सेनाले गर्यो १४ सय किलोमिटरभन्दा बढी सडक निर्माण
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ वटा सडक आयोजना सम्पन्न गरी कुल एक हजार ४११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतका महत्त्वपूर्ण आयोजनाहरू सम्पन्न भइसकेका छन्।
सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डहरूको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताएका छन्।
Read full story at source (hamrakura.com)