देशभर मनसुनी वायुको प्रभाव : ६ प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Sun Aug 02 00:43:22 GMT 2026

काठमाडौं । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। यसको प्रभावस्वरूप हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै, कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
Read full story at source (nepalviews.com)