गोठाटारमा विद्युत् सर्ट भएर आगलागी हँदा १४ सटर जले, एक घाइते
himalpress.com · Sun Aug 02 00:51:13 GMT 2026

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ। रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट (करेन्ट सर्ट) भई आगलागी भएको हो ।
राति करिब ९:१५ बजे सुरु भएको आगो झण्डै दुई घण्टापछि राति ११:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो टोली परिचालन गरिएको थियो ।
Read full story at source (himalpress.com)