दीपमाला ढकालले बनिन् २०२६ को जितिन् मिस नेपाल
kendrabindu.com · Sun Aug 02 01:06:41 GMT 2026

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्।
दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन। उनी हङकङमा बस्दै आएकी छन्। फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छन्। तर, आमाको अधुरो सपना पछ्याउदै ‘ब्ल्याकरक’ को जागिर छोडेर दीपमाला मिस नेपाल प्रतियोगिताका लागि नेपाल आएकी हुन्।
Read full story at source (kendrabindu.com)