सिवाईसी नेपाल लघुवित्तको वार्षिक साधारणसभा साउन ३० गते
arthasansar.com · Sun Aug 02 01:17:33 GMT 2026

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित सो आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
Read full story at source (arthasansar.com)