एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
nepalpress.com · Sun Aug 02 01:37:17 GMT 2026

मोरङ । रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोका गाँजा शनिबार बरामद गरेको हो ।
Read full story at source (nepalpress.com)