बिल अपलोड गरे नगद पुरस्कार जित्ने अवसर, राजस्व विभागले दियो यस्तो जानकारी
arthasansar.com · Sun Aug 02 01:48:52 GMT 2026

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य उपभोक्तालाई आफ्नो खरिदको सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल दर्ता गर्न आग्रह गरेको छ। विभागले शनिबार सार्वजनिक सूचना जारी गर्दै साउन १ गतेदेखि रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा नगदमा खरिद गरी बिल लिएका उपभोक्ताले अनलाइन प्रणालीमार्फत कार्यक्रममा सहभागिता जनाउन सक्ने जनाएको हो।
विभागका उपमहानिर्देशक तथा सह-सचिव जनकराज शर्माका अनुसार यस प्रयोजनका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ। नेपालभित्र व्यक्तिगत प्रयोगका लागि एक पटकमा रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगद भुक्तानी गरी खरिद गरेका उपभोक्ताले उक्त वेबसाइटमा आफ्नो सक्कल बिल अपलोड गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्।
Read full story at source (arthasansar.com)