अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो
nepalnews.com · Sun Aug 02 01:58:15 GMT 2026

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु. १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु. सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार रु. चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ।
Read full story at source (nepalnews.com)