मेमोरी चिप्स महँगो बन्दा स्मार्टफोनको औसत मूल्य १७ प्रतिशतले बढेर ६० हजार रुपैयाँ पुग्यो
techpana.com · Sun Aug 02 02:02:44 GMT 2026

काठमाडौं । सन् २०२६ को दोस्रो त्रैमाससम्ममा विश्वव्यापी स्मार्टफोन बजारको आम्दानी ७ प्रतिशतले बढेर कीर्तिमानी १ खर्ब ९ अर्ब अमेरिकी डलर पुगेको छ । स्मार्टफोनको मूल्य वृद्धि र प्रिमियम स्मार्टफोनप्रति बढ्दो मागका कारण बजारको कूल आम्दानी उल्लेखनीय रूपमा बढेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काउन्टरपोइन्ट रिसर्चको प्रतिवेदनअनुसार सन् २०२६ को दोस्रो त्रैमास विश्वव्यापी स्मार्टफोन बजारका लागि इतिहासकै सबैभन्दा धेरै आम्दानी भएको दोस्रो त्रैमास बनेको छ । यस अवधिमा स्मार्टफोनको औसत बिक्री मूल्य (एएसपी) वार्षिक रूपमा १७ प्रतिशतले बढेर कीर्तिमानी ४०० अमेरिकी डलर (६० हजार ८२९ रुपैयाँ) पुगेको छ ।
Read full story at source (techpana.com)