अब अमेरिका जाने पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ३० लाख धरौटी बुझाउनुपर्ने
himalpress.com · Sun Aug 02 02:05:07 GMT 2026

काठमाडौँ- नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्याएको हो । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो ।
यो व्यवस्था विशेषगरी बी–१ (व्यापार) र बी–२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ। नयाँ नियमअनुसार न्यूनतम १० हजार डलर र अधिकतम २० हजार डलर धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताअघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
Read full story at source (himalpress.com)