पर्यटन प्रवर्द्धन गर्न ‘क्लिक सल्यान’ कार्यक्रम
onlinekhabar.com · Sun Aug 02 02:08:19 GMT 2026

सल्यान। जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रमको सुरुवात गरेको छ। जिल्लाको कालिमाटी गाउँपालिका–३, जगेनामा रहेको धागे छरा झरनामा पहिलोपटक उक्त कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीका अनुसार तस्वीरमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनका लागि फोटो वाक कार्यक्रमको सुरुवात गरिएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत पुग्ने बताए ।
Read full story at source (onlinekhabar.com)