सप्तरीमा अझै कर्फ्यु
himalpress.com · Sun Aug 02 02:10:45 GMT 2026

सप्तरी- सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ । यद्यपि जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।
११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ । सो समयावधिभित्र हुलदङ्गा वा अशान्ति फैलाउन वा अन्य कुनै उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरे गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
Read full story at source (himalpress.com)