दही- चिउरा संस्कृति जोगाउन डेरी क्षेत्रको अभियान, दही- मोही बिक्री बढाउने लक्ष्य
kalakarmi.com · Mon Jun 29 07:32:29 GMT 2026

काठमाडौं- असार १५ नेपाली समाजका लागि केवल राष्ट्रिय धान दिवस मात्र नभई कृषिसँग जोडिएको संस्कृति, परम्परा र मौलिक खानपानको उत्सव पनि हो । यस दिन दही–चिउरा खाने परम्परा पुस्तौँदेखि चल्दै आएको छ । ‘दही–चिउरा’ केवल एउटा परिकार मात्र नभई नेपाली समाजमा युगौँदेखि चलिआएको मौलिक संस्कृति र सभ्यताको प्रतीक हो । कृषिप्रधान मुलुक नेपालमा असार १५ को दिनलाई धान दिवसका रूपमा मात्र नभई राष्ट्रिय दही–चिउरा खाने दिनका रूपमा समेत मनाउने गरिन्छ ।
तर बदलिँदो जीवनशैली, सहरीकरण र जंकफुड संस्कृतिको प्रभावका कारण यो परम्परा क्रमशः ओझेलमा पर्दै गएको भन्दै दुग्ध व्यवसायी क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ओझेलमा पर्न थालेको दही–चिउरा खाने परम्परालाई पछिल्लो समय डेरी व्यवसायी र विभिन्न सरकारी निकायले सक्रिय रूपमा प्रवद्र्धन गरिरहेका पनि छन् । पछिल्लो समय नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दही–चिउरा र मोहीको उपभोग बढाउने अभियानलाई तीव्र बनाएका छन् । अभियानले नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै दूध उत्पादक किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Read full story at source (kalakarmi.com)