सप्तरीमा अत्यावश्यक सामग्री खरिदका लागि कर्फ्यु खुकुलो
nepalviews.com · Sun Aug 02 02:33:58 GMT 2026

काठमाडौं । सप्तरी जिल्लामा जारी कर्फ्युलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नागरिकका लागि अत्यावश्यक सामग्री खरिद गर्न आज बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म कर्फ्यु खुकुलो बनाएको छ। तोकिएको समयभित्र दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न जिल्ला प्रशासन कार्यालय राजविराजले अनुमति दिएको हो।
तोकिएको समयसीमा समाप्त भएपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रशासनले सबैमा आग्रह गरेको छ। यसका साथै, प्रशासन कार्यालयको अनुमति लिई सद्भाव र्याली सञ्चालन गर्नका लागि पनि कर्फ्यु आदेश केही हदसम्म खुकुलो पारिएको जनाइएको छ।
Read full story at source (nepalviews.com)