काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
baahrakhari.com · Sun Aug 02 02:31:12 GMT 2026

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपीजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।
Read full story at source (baahrakhari.com)