इरानी आक्रमणमा मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइयो
kendrabindu.com · Sun Aug 02 02:36:48 GMT 2026

काठमाडौं । इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ । कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो । गए राति कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव अवतरण गरिएको हो ।
सन् २०२२ देखि खाडी राष्ट्रमा चालकका रूपमा कार्यरत तेह्रथुम जिल्लाका तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमण हुँदा मृत्यु भएको थियो । पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली हुन् ।
Read full story at source (kendrabindu.com)