सीमाञ्चल नागरिक पीडा र नेपाली कृषिको संरचनागत उपनिवेशीकरण
nepalviews.com · Sun Aug 02 02:45:34 GMT 2026

सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नो खेतका लागि मल किन्न भारतको सोनबरसा पुगे । मल ल्याउन त सकेनन्, बरु भारतीय सुरक्षाकर्मीबाट पक्राउ परेर जेल पुग्नुपर्यो । यो घटना दुई किसानको मात्र होइन, नेपालको कृषि नीतिको गम्भिर विफलताको प्रतीक हो । उनीहरूको एक मात्र ‘अपराध’ थियो - आफ्नो मातृभूमिमा अन्न उत्पादन गर्नका लागि छिमेकी देशको भूमिबाट दुई बोरा मल किन्नु ।
यो कुनै सामान्य दैनिक पत्रिकाको सीमावर्ती समाचारजस्तो मात्र लाग्दछ, तर यसको गहिराइमा पस्ने हो भने यो नेपालको कृषि व्यवस्था, राष्ट्रिय अर्थतन्त्र र हाम्रो समग्र विकास–दर्शनको एउटा अत्यन्तै गम्भिर र भयानक संकटको जीवन्त कथा हो । आखिर किन एउटा किसानले आफ्नो खेतमा बाली उब्जाउन आफ्नै गाउँको गोठ, वन-जंगल, पातपतिङ्गर र परम्परागत कम्पोस्टभन्दा रासायनिक कारखानामा बनेको सेतो दानालाई अनिवार्य र अपरिहार्य ठान्न थाल्यो?
Read full story at source (nepalviews.com)