हुलाकी राजमार्गको सिराहा–सर्लाही खण्ड निर्माण अन्तिम चरणमा
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौं । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भइसकेको छ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भइसकेको छ। त्यस्तै, धनुषामा ३, सर्लाहीमा ७, महोत्तरीमा ३ र सिरहामा ३ गरी थप १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रियासमेत प्रारम्भ भइसकेको छ।
Read full story at source (hamrakura.com)