खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ
nepalpress.com · Thu Aug 27 14:06:05 GMT 2026

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोस्टबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब २ः४५ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा ९९ प ३०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
Read full story at source (nepalpress.com)