फिफा निलम्बन फुकुवा भएमात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने
barnanmedia.com · Sun Aug 02 02:59:01 GMT 2026
काठमाडौं । फिफा निलम्बन फुकुवा भएमात्र नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्न पाउने भएको छ । शनिबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको थियो । सोही कार्यक्रममा साफले आगामी सेप्टेम्बर ३० सम्म फिफा निलम्बन फुकुवा भएमात्र नेपालले प्रतियोगिता खेल्न पाउने जनाइएको हो ।
निलम्बनकै कारण टाईसिट ड्र मा नेपाललाई सहभागी गराइएको थिएन । साफका अनुसार निलम्बन फुकुवा भए नेपालले दुवै समूहमध्ये एक समूहको अन्तिम टोलीको रूपमा च्याम्पियनसिप खेल्न सक्ने छ ।
Read full story at source (barnanmedia.com)