कैलाली र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
barnanmedia.com · Sun Aug 02 03:07:39 GMT 2026

काठमाडौं । कैलाली र कपिलवस्तुमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार धनगढी ६ कि २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)