बुढानीलकण्ठमा प्रहरीले चलायो, एक जना पक्राउ
annapurnapost.com · Sun Aug 02 03:16:50 GMT 2026

काठमाडौं : काठमाडौंमा सिक्री लुटेर फरार रहेका एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। साउन १६ गते राति १०:२५ बजे कर्मा तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरीले आक्रमण गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार आक्रमणको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको हो।
प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका- १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार बन्न खोजेका थिए।
Read full story at source (annapurnapost.com)