तुलसीलाल र भीमदत्तको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत : ओली
annapurnapost.com · Sun Aug 02 03:22:44 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन्। नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धान्जली सन्देश जारी गर्दै ओलीले दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरेका हुन्।
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदानको स्मरण गरे। सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। अमात्यले निरंकुशताविरुद्धको संघर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने ओलीले बताए।
Read full story at source (annapurnapost.com)