ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
barnanmedia.com · Sun Jun 07 22:03:39 GMT 2026

काठमाडौँको तारकेश्वरमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका–६ पैँयुटार बस्ने ‘नेपाली ब्रो’ नामले चिनिने चर्चित टिकटकर कुमार थापा मगरले शुक्रबार राति घरायसी विवादका क्रममा धारिलो हतियार प्रयोग गरी आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए।
उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन्।
Read full story at source (barnanmedia.com)