स्कार्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एकजना गम्भीर घाइते
nagariknews.nagariknetwork.com · Sun Aug 02 03:37:37 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि शनिबार मध्यरातमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियोले लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक दीपक विक गम्भीर घाइते भएका थिए। चन्द्रोटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)