नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
shilapatra.com · Sun Aug 02 03:38:00 GMT 2026

नवलपरासी (पश्चिम) मा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पाल्हीनन्दन गाउँपालिका– २ हरपुरमा भारतीय नम्बर प्लेट यूपी ५७ बीपी ४१६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक भारतको कुशीनगर रामकोला गाउँका २५ वर्षीय विजय चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (shilapatra.com)