५० प्रतिशत काम भएका अलपत्र आयोजनाको म्याद थपेर ठेकदारको मनोबल बढाउँदै बालेन सरकार
ratopati.com · Sun Aug 02 03:58:19 GMT 2026

काठमाडौँ । यतिबेला ५० प्रतिशत काम सम्पन्न भएर लामो समयदेखि अलपत्र परेका आयोजनामा सरकारले म्याद थपको प्रक्रिया अघि बढाएको छ । सरकारले सार्वजनिक गरेको सार्वजनिक खरिद (१५औँ संशोधन) नियमावली, २०८३ ले म्याद थपको बाटो खुला गरेपछि सिंहदरबारमा निर्माणाधीन संसद् भवनलगायत विभिन्न ठुला तथा अधुरा आयोजनामा म्याद थप्ने तयारी भइरहेको छ ।
बालेन सरकारले ठेकदारहरूको निरन्तरको दबाबमा सार्वजनिक खरिद नियमावली, २०६४ मा १५औँ संशोधन गरेको खुलेको छ । लामो समयदेखि अलपत्र परेका र म्याद सकिएका निर्माण आयोजनाहरूको अन्तिम पटक म्याद थप गर्ने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि यस निर्णयप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्रैबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।
Read full story at source (ratopati.com)