कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
corporatenepal.com · Sun Aug 02 03:58:17 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ। उक्त शेयर हाल एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरिएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
Read full story at source (corporatenepal.com)