‘राष्ट्रिय कोदो दिवस’ : फेदीखोलामा कोदो रोपाईं
annapurnapost.com · Sun Aug 02 04:35:26 GMT 2026

स्याङ्जा : ‘कोदोबाली संरक्षण र प्रवर्द्धन : खाद्य तथा पोषण सुरक्षा सम्वद्र्धन’ भन्ने मूल नाराका साथ स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी फेदीखोलाले कोदो रोपेर र कोदोका बिभिन्न परिकार बनाएर प्रर्दशनी समेत गरेको छ ।
कोदो एक परिकार अनेक हुन्छ भनेर परिचित गराउन र किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । फेदीखोला-२ बायाँटारीका बारीमा कोदो रोपिएको हो । कोदोबाट बनेका विभिन्न खाद्य परिकार समेत बनाएर प्रदर्शन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्वास्थ्यका लागि अत्यावश्यक रहेको कोदोको महत्वका बारेमा जानकारी गराउँदै कोदोका परिकार उपभोग गर्न आग्रह गरे ।
Read full story at source (annapurnapost.com)