हुम्लामा विज्ञान–प्राविधिक शिक्षार्थीलाई मासिक छात्रवृत्ति
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा विज्ञान तथा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले पहिलोपटक मासिक छात्रवृत्ति कार्यक्रम शुरू गरिएको छ। सदरमुकाम सिमकोटस्थित मानसरोवर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा प्राविधिक संकायका विद्यार्थीलाई लक्षित गर्दै सिमकोट गाउँपालिका, आधार नेपाल र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौताअनुसार कार्यक्रम साउन महिनादेखि एक वर्षसम्म सञ्चालन हुनेछ। विज्ञान तथा प्राविधिक संकायमा अध्ययनरत विद्यार्थीलाई नियमित अध्ययनमा टिकाइराख्न तथा कृषि र शिक्षातर्फ ऐच्छिक अङ्ग्रेजी, विज्ञान र गणित विषयप्रति आकर्षण बढाउने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइनेछ। कार्यक्रमअन्तर्गत छात्राले मासिक ५ हजार रुपैयाँ र छात्रले ४ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
Read full story at source (hamrakura.com)