लुम्बिनीमा गहुँको छ्वालीबाट कलात्मक सामग्री निर्माण तालिम, खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला
ratopati.com · Sun Aug 02 04:57:30 GMT 2026

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छ्वाली (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ ।
लुम्बिनी विकास कोष र युएनडिपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ । यसअघि गत पुस महिनामा १५ दिने आधारभुत तालिम सम्पन्न भइसकेकोमा, त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै अहिले तीन महिने दोस्रो चरणको (एडभान्स) तालिम सुरु गरिएको हो । काठमाडौँबाट आएका ३५ वर्ष लामो अनुभव प्राप्त प्रशिक्षक सीताराम गोसाईले प्रशिक्षार्थीहरूलाई छाली कलाको प्राविधिक पक्षबारे तालिम दिइरहेका छन् ।
Read full story at source (ratopati.com)