साउदी अरबमा बढ्दो सम्बन्ध विच्छेद दर: २०२५ मा ५७ हजारभन्दा बढी तलाक, हरेक ९ मिनेटमा एक सम्बन्ध अन्त्य
barnanmedia.com · Sun Aug 02 05:00:21 GMT 2026

साउदी अरबमा सम्बन्ध विच्छेद (तलाक) को दर चिन्ताजनक रूपमा बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ। सन् २०२५ मा देशभर करिब ५७ हजार ५९५ वटा तलाक दर्ता भएका छन्, जसको औसत हरेक दिन १५७ र करिब हरेक ९ मिनेटमा एक तलाक हुने बराबर रहेको छ।
सार्वजनिक तथ्यांकअनुसार उक्त वर्ष दर्ता भएका कुल विवाहमध्ये १२.६ प्रतिशत विवाहको अन्त्य तलाकमा भएको छ। अझ तीमध्ये ६५ प्रतिशतभन्दा बढी सम्बन्ध विच्छेद विवाहको पहिलो वर्षभित्रै भएको तथ्यांकले देखाएको छ।
Read full story at source (barnanmedia.com)