भरतपुर कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
barnanmedia.com · Sun Aug 02 04:54:23 GMT 2026

गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नं. ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बिहीबार (आज) बिहान करिब ३:१५ बजेको समयमा उनकै घर नजिकैबाट पक्राउ गरेको हो।
Read full story at source (barnanmedia.com)