अमेरिकी अभिनेता भिन्सेन्ट पास्टोरको निधन
ratopati.com · Sun Aug 02 05:34:00 GMT 2026

लस एञ्जलस । अमेरिकी अभिनेता भिन्सेन्ट पास्टोरको ८० वर्षको उमेरमा निधन भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उनी न्युयोर्क सहरको ब्रोंक्सस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक घटनाको संकेत नभेटिएको बताइएको छ । पास्टोर एचबीओको चर्चित टेलिभिजन शृङ्खला द सोप्रानोजमा सल्भाटोर ‘बिग पसी’ बोनपेन्सिएरोको भूमिकाका लागि विशेष रूपमा परिचित थिए । उनले मुख्य पात्र टोनी सोप्रानोका घनिष्ठ मित्रको भूमिका निर्वाह गरेका थिए, जो पछि एफबीआईका लागि सूचना दिने व्यक्ति बन्छन् ।
Read full story at source (ratopati.com)