वीरगञ्जमा निषेधाज्ञा हट्यो, जनजीवन पुनः सामान्य बन्दै
kalakarmi.com · Sun Aug 02 05:17:21 GMT 2026

पर्सा- वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतवारदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षसहित हटाइएको हो । पछिल्ला दिनमा जुलुस, प्रदर्शन तथा हुलदङ्गाका घटना घट्दै गएपछि प्रशासनले प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)