लुटपाटमा संलग्नलाई प्रहरीले गोली चलाएर समात्यो
onlinekhabar.com · Sun Aug 02 05:42:08 GMT 2026

१७ साउन, काठमाडौं । लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्मा तामाङ नाम गरेका व्यक्ति छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटी उनी फरार भएका थिए । शनिबार राति साढे १० बजेतिर पक्राउ गर्न खोज्दा प्रहरीलाई नै खुकुरी आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)