ट्रम्पले किन गरे इरानमाथिको ठूलो आक्रमण रद्द ?
annapurnapost.com · Sun Aug 02 05:37:00 GMT 2026

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलोस्तरको सैन्य आक्रमण रद्द गरिएको बताएका छन् । उनले ‘सम्झौताका मुख्य आधारहरू मा सहमति भइसकेको’ दाबी गरेका छन् । ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत यो निर्णय सार्वजनिक गरेका हुन् । यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक गरेका थिए ।
ट्रम्पका अनुसार इरान र मध्यपूर्वका अन्य देशहरूले आक्रमण रोक्न आग्रह गरेपछि आफूले यो निर्णय लिएका हुन् । उनले भने, ‘सम्झौताका आधारहरूमा सहमति भएको छ, त्यसैले आक्रमण रोकिएको हो ।’ तर उनले सम्झौता छिट्टै पूरा हुनुपर्ने शर्त राखेका छन् ।
Read full story at source (annapurnapost.com)