ऊर्जा क्षेत्रमा सुधारको खाँचो, नीतिगत अवरोध हटाउन मन्त्रालय सक्रिय; वित्तीय प्रगति ६२ प्रतिशत
aarthiknews.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमा आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत र प्रक्रियागत अवरोध नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। उनले जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित परिणाम हासिल गर्न कठिन हुने बताए।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा देखिएका संरचनागत समस्याको समाधानलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए।
Read full story at source (aarthiknews.com)