बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल
barnanmedia.com · Sun Aug 30 21:35:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेको निर्देशनअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्मका पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटिएको बताए ।
उनले भने,‘भोटेकोशी बाढी र त्यसको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित भएको छ । केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेका नेतृत्व र कार्यकर्तालाई सभापति रवि लामिछानेले सम्पूर्ण रूपमा खोजी, उद्धार र राहतमा केन्द्रित भएर सरकारलाई सहयोग गर्ने, राजनीतिक समन्वय गर्ने र समुदायसँग सहकार्य गरेर प्रभावितहरूलाई सहयोग गर्ने स्पष्ट निर्देशन दिनुभएको थियो । ’
Read full story at source (barnanmedia.com)