अमेरिकाको क्षेप्यास्त्र भण्डारमा गम्भीर संकट, इरानसँगको द्वन्द्वले सैन्य स्रोतमा दबाब
clickmandu.com · Sun Aug 02 06:20:22 GMT 2026

एजेन्सी । युरोपमा तैनाथ एक उच्च अमेरिकी सैन्य कमान्डरले पेन्टागनलाई चेतावनी दिँदै इरानसँगको जारी द्वन्द्वले अमेरिकी सैन्य भण्डारमा ठूलो दबाब बढिरहेकाले वाशिङटनले चाँडै नै मिसाइल रक्षा स्रोतहरूको सम्बन्धमा कठिन निर्णयहरू लिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
द वाशिङटन पोस्टका अनुसार, अमेरिकी सेनाको युरोपेली कमान्डका प्रमुख जनरल एलेक्सस ग्रिनकेविचले यसै हप्ताको सुरुमा पेन्टागनका अधिकारीहरूलाई इजरायलमाथि हुने इरानी ब्यालिस्टिक मिसाइल आक्रमणहरू रोक्न जारी राख्नका लागि अमेरिकासँग पर्याप्त जलसैनिक सम्पत्तिको अभाव रहेको जानकारी दिएका थिए । पश्चिम एसियामा महिनौंदेखि चलिरहेको सैन्य गतिविधिका कारण उन्नत अमेरिकी इन्टरसेप्टर मिसाइलहरू रित्तिँदै गएकोमा चिन्ता बढिरहेका बेला यो कुरा बाहिर आएको हो ।
Read full story at source (clickmandu.com)