पेखरीमा डुबेर बेपत्ता बालिका मृत फेला
nagariknews.nagariknetwork.com · Sun Aug 02 06:21:46 GMT 2026

सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिका मृत फेला परेकी छिन्। शनिबार दिउसो साथीहरूसँगै पौडी खेल्न पसेकी चौदण्डीगढी नगरपालिका ९ हडियाकी १२ वर्षीया गृष्मा कार्की आइतबार विहान पोखरीमै मृत फेला परेकी हुन्।
हडिया घर भई मामाघर आएकी गृष्मा मोतिगडा क्याम्पसडाँडा चाँपस्थित जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको पोखरीमा साथीहरूसँगै पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएकी थिइन्। दिउँसो २ः०० बजेको घट्ना भए पनि प्रहरीलाई ३ः०० बजे मात्र थाहा भएर उद्धार टोली खटाइएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)