पार्टी भित्रको किचलो अन्त्य गर्न ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा
ratopati.com · Sun Aug 02 07:03:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू नैनसिंह महर र रञ्जित कर्णको अगुवाइमा ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको छ। पार्टीभित्र बढ्दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन २० गते काठमाडौँमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार, आगामी साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ।
Read full story at source (ratopati.com)