शेरधन राईले मागे मुख्यमन्त्री कार्कीको राजीनामा
ratopati.com · Sun Aug 02 07:08:32 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन एमालेले निर्देशन दिएको छ । एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका केन्द्रीय सचिव शेरधन राईले शनिबार कार्कीसँग भेट गरेर राजीनामा दिन आग्रह गरेका हुन् ।
जवाफमा मुख्यमन्त्री कार्कीले आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान दोहोर्याएको स्रोतको दाबी छ । ‘शेरधन राईले राजीनामा दिनुपर्यो भन्नुभयो,’ उक्त स्रोतले भन्यो, ‘मुख्यमन्त्रीज्यूले राजीनामा नदिने बरु संस्थागत निर्णय चाहिने अडान राख्नुभयो ।’
Read full story at source (ratopati.com)