जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो
nagariknews.nagariknetwork.com · Mon Jun 29 08:12:29 GMT 2026

सोमबार असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ। नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व छ। यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्छन्। स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि छ।
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ। बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड छ। अरू बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही पनि मध्याह्नसम्म बिक्री गरिसकेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)