एमालेमा विवाद चर्कियो, दलको नेता फेर्ने प्रयास सुरु
ratopati.com · Sun Aug 02 07:21:57 GMT 2026

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमानेको र गठबन्धनबारे सहमति कार्यान्वयनका लागि छलफलसमेत नगरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध एमालेका सांसदले नै मोर्चाबन्दी सुरु गरेका छन् ।
उक्त समूहले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई दलको नेताबाट हटाउने तयारी गरेको छ । ‘नेतृत्वले भनेको पनि नमान्ने । छलफल र परामर्श पनि नगर्ने, चुप लागेर बसेपछि हामीले कुनै न कुनै स्टेप त लिनै पर्यो नि,’ उक्त समूहका एक नेताले भने, ‘हस्ताक्षर नै हामीले सुरु गरिसकेका छैनौँ । त्यो अवस्थासम्म पुग्न सक्छ भन्ने हो ।’
Read full story at source (ratopati.com)