इराक र टर्कीबिच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
nepalnews.com · Sun Aug 02 07:49:13 GMT 2026

बग्दाद। इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ। इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएका छन्।
Read full story at source (nepalnews.com)