अमेरिकाले आफ्ना नागरिकलाई भन्यो–जुनसुकै बेला मध्यपूर्वबाट बाहिरिन तयार रहनू
annapurnapost.com · Sun Aug 02 07:41:30 GMT 2026

अमेरिका : अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो ।
आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक कार्यालयहरू तथा अन्य अमेरिकी प्रतिष्ठानहरू पनि विगतमा निशाना बनेको उल्लेख गरेको छ । विदेश मन्त्रालयका अनुसार इरान र उसले समर्थन गर्ने समूहहरूले विश्वभर रहेका अमेरिका, अमेरिकी नागरिक वा अमेरिकी हितसँग सम्बन्धित स्थानहरूलाई निशाना बनाउन सक्ने जोखिम रहेको छ ।
Read full story at source (annapurnapost.com)