सप्तरी प्रशासनले कर्फ्यु हटायो, निषेधाज्ञा भने कायम
ajakoartha.com · Sun Aug 02 08:08:00 GMT 2026

काठमाडौं- जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएको छ। आइतबार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।
कर्फ्यु हटाइए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दुवै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
Read full story at source (ajakoartha.com)