सरकारले पाठ सिक्नु आवश्यक
baahrakhari.com · Sun Aug 02 08:07:12 GMT 2026
सुनसरीको देवानगन्जमा भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएपछि मृतकलाई न्याय मागेर सुरु भएको आन्दोलन बिस्तारै साम्प्रदायिक विद्वेषको रूप लिएर मधेसका जिल्लाहरूमा फैलन खोजेको देखिन्थ्यो । तर, राजनीतिक तथा सामाजिक अगुवाहरूका साथै सरकारका तर्फबाट पनि अपेक्षित सक्रियता र संवेदनशीलता प्रकट भएसँगै तनाव मत्थर हुँदैगएको छ ।
सुरुमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ घटनाप्रति उदासीन देखिएपछि सामाजिक सद्भाव र शान्तिसुरक्षा कायम गर्न सक्रिय नभएको भन्दै आलोचना भएको थियो । सामाजिक तथा धार्मिक सद्भावका लागि राजनीतिक नेताहरूलगायत समाजका अगुवाले भने अपिल गर्न र स्थानीयस्तरमा सद्भाव जुलुस निकालेका थिए । अन्ततः प्रधानमन्त्री शाहले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरे ।
Read full story at source (baahrakhari.com)