म लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने मान्छे हुँ, त्यसैले देशमा संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला
himalpress.com · Sun Aug 02 08:13:22 GMT 2026

काठमाडौँ- नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले देशका लागि राजसंस्था अपरिहार्य रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियता जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको औँल्याएकी हुन् ।
उनले भनिन्, ‘यो देशका लागि राजसंस्था एकदमै अपरिहार्य छ । हामी सांस्कृतिक रूपमा बलियो छौं । तर, नेपालीभन्दा विदेशी शक्तिहरूको आवाज बलियो हुँदा राष्ट्रियता कमजोर भयो । यसैले जसको पुर्खाले यो देश बनायो, त्यो संस्थाप्रति हामी सधैं कृतज्ञ हुनुपर्छ । र, राजसंस्थालाई पनि कुनै न कुनै रूपमा ठाउँ दिनुपर्छ ।’
Read full story at source (himalpress.com)